बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

चिनियाँ रक्षामन्त्री भ्रमणलाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गर्दै ओली

चिनियाँ रक्षामन्त्री भ्रमणलाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गर्दै ओली

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 5.4K
    SHARES

  • चिनियाँ रक्षामन्त्री भ्रमणलाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गर्दै ओली

    काठमाडौं - कुनै एजेन्डा नभए पनि चिनियाँ रक्षामन्त्री वेइ फेङले नेपाल भ्रमण गर्दैछन् । प्रधानमन्त्री केपी ओलीको विशेष आग्रहमा चीनको उच्चस्तरको नेताको नेपाल भ्रमण हुन लागेको हो ।

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सुरुमा विदेशमन्त्री वाङ येइ नेपाल आउन सक्ने सूचना दिएकी थिइन् । तर, चीन सरकारले रक्षामन्त्री फेङलाई नेपाल पठाउन लागेको हो ।

    पछिल्लो समय भारतबाट उच्चस्तरको नेपाल भ्रमण भइरहेपछि त्यसलाई काउन्टर दिन चीनले पनि राष्ट्रपति सी जिन पिङका विश्वासपात्र फेङलाई नेपाल पठाउँदैछ । सत्तारुढ नेकपा फुटको संघारमा भएका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

    नेकपा विभाजन हुन नदिन चीनले उच्चस्तरको नेता नेपाल पठाउन लागेको कूटनीतिक स्रोतले जानकारी दिएको छ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ ।

    बरु प्रधानमन्त्री ओलीको कुर्सी जाओस्, तर नेकपा विभाजन नहोस् भन्ने चीनको चाहना रहेको सन्देश बेइजिङले पठाइसकेको छ । सोही कारण नेकपाको सचिवालय बैठककै दिन मंसिर १३ गते चिनियाँ रक्षामन्त्री वेइ फेङ काठमाडौं आउँदैछन् ।

    स्रोतका अनुसार चिनियाँ मन्त्रीको भ्रमणलाई कारण देखाउँदै प्रधानमन्त्री ओलीले सचिवालय बैठक स्थगित गर्ने प्रबल सम्भावना छ । ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोपको जवाफ सचिवालय बैठकमार्फत दिन लागेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend