बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा विवाद बढेको बेला ओली आज किन जाँदैछन् ताप्लेजुङ र इलाम ?

नेकपा विवाद बढेको बेला ओली आज किन जाँदैछन् ताप्लेजुङ र इलाम ?

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 5.2K
    SHARES

  • नेकपा विवाद बढेको बेला ओली आज किन जाँदैछन् ताप्लेजुङ र इलाम ?

    काठमाडौं - पार्टी विवाद चलिरहेको बेला सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम जाने भएका छन्। ताप्लेजुङमा घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, हिमाली क्षेत्रका बासिन्दाको जनजीवन र सीमावर्ती क्षेत्रको निरीक्षणको कार्यक्रम सकेर प्रधानमन्त्री केपी ओली इलामको जौबारीमा आउनेछन्।

    सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षणका लागि प्रधानमन्त्री ओली सन्दकपुर कालपोखरी निरीक्षण गर्दै जौबारी जाँदैछन्। उनले त्यहाँ सीमा निरिक्षणसँगै जौबारीमा स्थापना गरेको बोर्डर आउट पोष्ट (बीओपी)को पनि उत्घाटन गर्नेछन्।

    इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको छ। यी क्षेत्रमा सरकारले अहिले धमाधम बीओपी स्थापना गरिरहेको छ। पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ र सलकपुरमा सरकारले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिसकेको छ।

    कोभिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा राखिएका टोलीलाई नै स्थापना भएका बीओपीमा खटाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend