बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले कुनै हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने : के संसद विघटन र संकटकाल चाहान्छन् ?

ओलीले कुनै हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने : के संसद विघटन र संकटकाल चाहान्छन् ?

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 4.8K
    SHARES

  • ओलीले कुनै हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने : के संसद विघटन र संकटकाल चाहान्छन्  ?

     काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ल्याएको राजनीतिक प्रतिवेदनले नेकपा तरंगित छ। मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले आफू दाहालको प्रतिवेदनको जवाफ दिने र त्यसका लागि मंसिर १३ सम्मको समय चाहिने बताएपछि नेकपाको अबको बैठक १३ गते बस्नेछ।

    यसबीचमा ओलीविरुद्ध दाहाल÷माधवकुमार नेपाल समूह र दाहाल, नेपाल समूहविरुद्ध ओली छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त छन्। ओलीले त पार्टी फुटे सत्तासाझेदारी को सँग गर्ने भन्ने विषयमा कांग्रेस सभापति शरबहादुर देउवासँग पनि छलफल अघि बढाएका छन्। उता प्रचण्ड पनि जसपाका नेतासँग छलफलमा जुटेका छन्।

    ओलीले पार्टीमा आफू एक्लिने अवस्था आएसँगै अब के कदम चाल्छन भनेर यसै भन्न सक्ने अवस्था छैन। देउवासँग छलफल गरेको घटना नसेलाउँदै ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग पनि छलफल गरेका छन्। नेकपाभित्रको विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेट गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ ।

    प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन् । देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ ।

    त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । छलफलको उद्देश्य बताइएको छैन। नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ । यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन् । उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ ।

    यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए । तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो समाप्त भएको भने होइन । संसदको बजेट बैठक चाँडे अन्त गरियो । ओलीले आफूविरुद्धको सम्भावित अविश्वासको प्रस्तावलाई उक्त कदमबाट टारिदिए । तर, हिउँदे अधिवेशन अझै डाकिएको छैन ।

    यसको ढिलाईप्रति आशंका बढेको छ । ओलीले सत्ता संकटसँगै संसद बिघटन गर्ने सम्भावना पनि देखिनथालेको छ । यस्तो कदम चाल्दा पार्टीभित्रको विरोधी विफल हुने बुझाईका साथ ओली अगाडि बढ्न खोजिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend