काठमाडौं - काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा भब्य प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि मिच्न पाइन्न,' 'बिदेशी हस्तक्षेप् बन्द गर', 'चाइना बिस्तारबाद मुर्दावाद' जस्ता लेखेको प्लेकार्ड बोकेर नारा घन्काएका थिए ।
स्वतन्त्र नागरिक समूहको नाममा 'प्लाकार्ड' बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए ।
प्रदर्शनमा उत्रिएका उनीहरुले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।