बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घलेको प्रशंसनीय काम, आविष्कार केन्द्रलाई गरिन् ५६ हजार सहयोग

कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घलेको प्रशंसनीय काम, आविष्कार केन्द्रलाई गरिन् ५६ हजार सहयोग

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 5.9K
    SHARES

  • कांग्रेस बागमती प्रदेश  प्रमुख सचेतक राधा घलेको प्रशंसनीय काम, आविष्कार केन्द्रलाई गरिन् ५६ हजार सहयोग

    काठमाडौं -  प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस बागमती प्रदेश सभाकी प्रमुख सचेतक राधा घलेले दसैं भत्ता वापतको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेकी छन् ।

    उनले शुक्रबार कीर्तिपुरस्थित आविष्कार केन्द्रमा पुगेर रकम हस्तान्तरण गरेकी हुन् । बागमती प्रदेश सरकारले दसैं भत्तबापत् उपलब्ध गराएको ५६ हजार ८ सय ४० रुपैयाँ केन्द्रका अध्यक्ष महाबिर पुनलाई हस्तान्तरण गरेको प्रमुख सचेतक घलेले जानकारी गराइन् ।

    ‘राष्ट्रिय आविष्कार केन्द्रमार्फत देश र जनताको लागि उहाँले ठूलो योगदान पुर्याउँदै आउनुभएको छ, यो गर्व गर्न लायक छ । कोरोनाको माहामारी सुरु भएदेखिनै जुन काम राज्य सरकारले गर्न नसकिरहेको अवस्थामा बिग्रेर थन्किएको भेन्टिलेटर मेसिन निःशुल्क रुपमा मर्मत गर्नका साथै पिपिई पोशाक लगायतका स्वास्थ्य उपकरणहरु निःशुल्क वितरण गर्ने र कोरोना संक्रमणले सांस फेर्न निक्कै गाह्रो भएको मानिसहरुलाई सिपिएपि मेसिनहरु उपलब्ध गराईरहनुभएको छ,’ सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख सचेतक घलेले भनिन्, ‘तपाईले देश र जनता प्रति पुर्याउनु भएको योगदानको जति प्रसंसा गरे पनि कम नै हुनेछ ।’

    कोरोना कहरका बीचमा केन्द्र सरकारसँग प्रदेश सरकारले दसैं भत्ता वितरण गरेपछि चौतर्फी आलोचना भएको थियो। कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दसैं भत्ता बापतको रकम सरकारलाई फिर्ता नगर्ने र सांसदहरु आफैंले आ–आफ्नो क्षेत्रमा जनताको जीवन रक्षार्थ खर्च गर्ने निर्णय गरेको थियो ।

    संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक घलेले कोरोना महामारीमा महत्वपूर्ण काम गरिरहेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकी हुन् ।

    कार्यक्रममा प्रमुख सचेतक घलेसँगै कांग्रेस कोभिड अनुगमन समितिका सदस्य सरिन घिमिरे पनि उपस्थित रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ३ २०८००६:०२:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend