काठमाडौं - प्रधानमन्त्री केपी ओलीको कुर्सी संकटमा पर्न थालेपछि फेरि चिनियाँ चलखेल बढेको छ । चिनियाँ राजदूत होउ यान्छीको नेपालमा दबदबा बढेकै बेला चीनका रक्षामन्त्री वेइ फेङ नेपाल भ्रमणमा आउँदैछन् ।
कुनै एजेन्डा नभए पनि १० दिनभित्रै उनी किन नेपाल आउँदैछन् ? भन्ने केही खुलाइएको छैन । बुधबारको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि को आउँदैछन् भन्नेबारे सरकार पनि अनभिज्ञ छ ।
तर, स्रोतका अनुसार चीनका राष्ट्रपति सी जिन पिङका विश्वासपात्र वेइ फेङ नेपाल आउने भएका छन् । उनी स्टेट काउन्सिलर पनि हुन् । सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुगेका बेला र प्रधानमन्त्री ओलीको पद धरापमा पर्न थालेपछि चिनियाँ कूटनीतिज्ञको भ्रमण बढ्न थालेको हो ।
यो पनि पढ्नुहोस्
नेकपामा विवाद बढेकै बेला चिनियाँ विदेशमन्त्री किन आउँदै छन् नेपाल ?
भारतले सुरक्षा कूटनीतिलाई महत्व दिइरहेका बेला अर्को छिमेकी मुलुक चीनले पनि रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका व्यक्तिलाई नेपाल भ्रमणका पठाउने तयारी गरेको हो ।
दुई वर्षयता भारतसँग चिसिएको सम्बन्धमा केही सुधार भएका बेला चीनले आफ्ना उच्च अधिकारीहरुलाई नेपाल भ्रमणमा पठाउने तयारी गरेको हो ।
यो पनि पढ्नुहोस्
चिनियाँ राजदुतबाट ओलीलाई 'साइड लाग्न' सुझाव, को बन्दै छ प्रधानमन्त्री ?
उच्च स्रोतका अनुसार १० दिनभित्रै चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ नेपाल आउने भएका छन् । उनी चीनको केन्द्रीय सैन्य आयोगका प्रमुख हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।