बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

बालुवाटारबाटै नेकपा नेताको गोप्य सूचना मिडियामा, कसले लैजान्छ ?

बालुवाटारबाटै नेकपा नेताको गोप्य सूचना मिडियामा, कसले लैजान्छ ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 5.3K
    SHARES

  • बालुवाटारबाटै नेकपा नेताको गोप्य सूचना मिडियामा, कसले लैजान्छ ?

     काठमाडौं -  नेपालमा जुन पार्टीको सरकार बन्छ, त्यो पार्टीका नेताको जमघटस्थल बन्छ प्रधानमन्त्री निवास बालुवाटार । विदेशतिर प्रधानमन्त्रीसमेत आफ्नो पार्टीको मुख्यालयमा जाने प्रचलन छ ।

    चाहे दिन होस् या राति नै । पार्टीका कुनै कार्यक्रम छन् भने मुख्यालयमै जाने गर्छन् । तर नेपाल भने अपवाद बनेको छ । प्रधानमन्त्री भएका व्यक्ति त पार्टीको केन्द्रीय कार्यालयमा जाँदैनन् नै नेताहरूसमेत प्रधानमन्त्री निवासमै ओहोरदोहोर गरिरहन्छन् ।

    सानो छलफलदेखि पार्टीका महत्वपूर्ण बैठक, स्थायी कमिटी, केन्द्रीय समिति तथा पदाधिकारी बैठक पनि बालुवाटारमै हुने गरेको छ । जुन सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको भन्दै जनतामा असन्तुष्टि छाउन थालेको छ ।

    यतिबेला नेकपाको सरकार छ । तर, नेकपाको सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय समितिको बैठकसमेत बालुवाटारमै हुने गरेको छ । पार्टीका गतिविधिमा सबैको पहुँच नपुगोस् भनेर बालुवाटारमा बैठक हुने गरेको प्रस्ट छ ।

    तर, अहिले नेकपाका नेताहरूको गोप्य सूचना आफू निकट मिडियामा सजिलै पुर्याइन थालेको छ । बुधबार नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्यो ।

    करिब डेढ घन्टा बसेको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखे । पार्टी बैठकमा तीतामिठा सबै कुरा हुन्छन् । तर, प्रधानमन्त्री ओलीले बोलेका धारणा सरकारी मिडियामा लगियो ।

    अन्य नेताले बोलेका र विवादमा तानिने कुरा प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यले मिडियामा लगेको बुझिएको छ । त्यसैले बैठक नसकिँदै कसले के भन्यो, सबै मिडियामा आइसकेका थिए ।

    सामाजिक सञ्जाल रंगीन थालिसकेका थिए । बालुवाटारले अहिले नेकपाका पाँच नेताको पछाडि गुप्तचर खटाएको छ । त्यसैले माधवकुमार नेपाल, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका दैनिक अपडेट मिडियाबाट सार्वजनिक गरेर खुइल्याउन थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend