बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भारतिय मिडियाले लेख्यो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिँदै छ

भारतिय मिडियाले लेख्यो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिँदै छ

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 6.9K
    SHARES

  • भारतिय मिडियाले लेख्यो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिँदै छ

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका समाचारले विदेशी सञ्चार माध्यमले पनि स्थान दिन थालेका छन्। विशेष गरी दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चिनले नेपालको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गर्दै आएका छन्।

    पछिल्लो पटक भारतीय राजदूत, रअका एजेण्ट र चिनियाँ राजदूत होउ यान्छीको सक्रियताले सत्तारुढ नेकपाको विवादमा अर्काे तरंग थपिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली लागेको खबर भारतीय सञ्चार माध्यमले छापेका छन्।

    ओली विरुद्ध प्रचण्डसहितका नेताले मोर्चाबन्दी गरेको खबर प्रकाशीत भएका हुन्। टाइम्स अफ इन्डियाले नेपालमा राजनीतिक अन्यौलता बढेको लेखेको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड नेतृत्वको ओलीविरोधी समूहले सत्ताबाट हटाउन मोर्चा बनाएर दबाब बढाएको समाचारमा उल्लेख छ ।

    उसले चिनियाँ राजदूत होउ यान्कीको सक्रियताबारे समेत लेखेको छ । मंगलबार यान्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । यसअघि उनी नेकपाको विवाद मिलाउन संलग्न भएकी थिइन् । ओलीमाथि विभिन्न आरोप लगाएर प्रचण्डले प्रस्ताव दर्ता गरेको विषयबारे पनि टाइम्स अफ इन्डियाले लेखेको छ ।

    प्रचण्डले पार्टी बचाउन ओलीलाई त्याग देखाउन समेत आग्रह गरेको उल्लेख छ । ओलीले प्रचण्डको प्रतिवेदन फिर्ता लिन आग्रह गरेको तर उनले अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend