बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन

मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 23.9K
    SHARES

  • मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन
    फाइल तस्वीर

    वीरगञ्ज - चीनमा उईगुर समुदायका मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार हननको विरोध गर्दै वीरगञ्जमा मुस्लिम समुदायले भब्य प्रदर्शन गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई चीनमा उईगुर समुदायमाथि भइरहेको दमनको विरोधमा नेपाली मुस्लिम समुदायले ज्ञापन पत्र बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिएका छन् ।

    उनीहरूले उईगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उईगुर समुदायमाथि भएको अत्याचार बन्द गर भन्दै प्रदर्शन गरेका हुन् । जमीअत उलमाए नेपालले चीनमा रहेका १८ लाख उईगुर समुदायमाथिको दमन रोक्न माग गर्दै पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका थिए ।

    यसअघि, नेपाली मुस्लिमहरूले बिहीबार काठमाडौं र रुपन्देहीमा चीनविरुद्ध प्रदर्शन गरिसकेका छन् । नेपाली मुलसमानहरूले काठमाडौंस्थित चिनियाँ राजदूतावासमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

    चिनियाँ सरकारले १८ लाख उईगुर मुसलमानहरूलाई कैद गरेर शिविरमा राखेर यातना दिएको आरोप छ । चीनमा उईगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गरेका छन् ।

    चीनका उईगुर मुस्लिम समुदायमाथि भइरहेको चरम दमन, शोषणको विरोध गर्दै प्रदर्शन भएका हुन् । प्रदर्शनमा सहभागीहरू चीनविरुद्ध लेखिएका व्यानर, प्लेकार्डहरू बोका थिए ।

    विरोध प्रदर्शनमा उत्रिएकाहरूले चिनियाँ सरकारलाई उईगुर मुसलमानहरूको मस्जिद भत्काउने कार्य बन्द गर्न समेत चेतावनी दिएका छन् ।

    ‘चीनमा उईगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उईगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उईगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका ब्यानर नेपाली मुस्लिमहरूले बोकेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend