बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 7.7K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

    उनले आज विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए । उनले खड्काप्रति  श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा  समवेदनासमेत व्यक्त गरेका छन् ।

    “गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छ्रैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।” नेता खड्काले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएका छन् । “सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्”, सन्देशमा भनिएको छ । 

    प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend