आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कार्यकालको अन्तिम समयमा ट्रम्पद्वारा इरानमा आक्रमण ?

कार्यकालको अन्तिम समयमा ट्रम्पद्वारा इरानमा आक्रमण ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 7.4K
    SHARES

  • कार्यकालको अन्तिम समयमा ट्रम्पद्वारा इरानमा आक्रमण ?

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ ।

    ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरुसँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव लिएको बताइएको छ ।

    सो क्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पोम्पिओ, कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरलगायतले ट्रम्पलाई इरानमा आक्रमण नगरौं भनेर सल्लाह दिएको न्युयोर्क टाइम्समा जनाइएको छ ।

    इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सीले इरानले सन् २०१५ को आणविक सम्झौता बमोजिम युरेनियमको उत्पादनलाई सीमित नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि ट्रम्प रुष्ट बनेका थिए। अमेरिका र इरानसहित पाँच देशले यस सम्झौता गरेका थिए। जहाँ ३ सय केजीभन्दा बढी युरेनियम भण्डारन गर्न नपाइने नियम बनाइएको थियो।

    यद्यपी सन् २०१८ मा सम्झौताबाट अमेरिका अलग भइसकेको छ। त्यसयता इरानले युरेनियम उत्पादन र प्रसोधनलाई बढाइरहेको छ। हाल सम्झौता भन्दा १२ गुणा बढी इरानले युनेनियम भण्डारन गरेको प्रतिवेदनमा बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend