संखुवासभा- चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका निरिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा आउँने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि जिल्लामा तीव्र तयारी पारिएको छ।
ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने भएका हुन् । प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमनपश्चात राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन पनि गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशु मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहितको टोली लिएर किमाथांका नाका निरीक्षण गर्न जाने भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।