आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रूसबाट आएन बाइडेनलाई बधाइ, पुटिनले भने यस्तो

रूसबाट आएन बाइडेनलाई बधाइ, पुटिनले भने यस्तो

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 5.2K
    SHARES

  • रूसबाट आएन बाइडेनलाई बधाइ, पुटिनले भने यस्तो

    रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निवार्चन जितेका जोय बाइडेनलाई अहिलेसम्म बधाइ दिएका छैनन् । राष्ट्रपति बन्न चाहिने २७० इलेक्टोरल मतभन्दा बढी मत बाइडेनले प्राप्त गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

    यसबीचमा बाइडेनलाई विश्वभरका नेताहरुले बधाई दिइरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादमिर पुटिन अमेरिकी निर्वाचनमा को विजयी भए भन्ने बारे अधिकारिक नतिजा पर्खिरहेका बताइएको छ ।

    रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको र बाइडेनले झेल गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्। ट्रम्पका वकिलले चुनावमा धाँधली भएको प्रमाण नै भएको बताएका छन्। 

    आधिकारिक नतिजा घोषणा हुनासाथ पुटिनले विजेतालाई बधाई दिने बताइएको छ। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार भनेका छन्,‘हामी अन्तिम नतिजा घोषणा भएपछि बधाई दिन उत्तम ठान्दछौं। राष्ट्रपति पुटिनले अमेरिकी जनताको चाहनाको सम्मान गर्ने बताउनु भएको छ। जो राष्ट्रपति बनेपनि हामी सहकार्य गर्न तयार छौं।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend