सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको सबै जिम्मेवारी खोसिने माधव पक्षका नेताले गरे खुलासा

ओलीको सबै जिम्मेवारी खोसिने माधव पक्षका नेताले गरे खुलासा

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 6.4K
    SHARES

  • ओलीको सबै जिम्मेवारी खोसिने माधव पक्षका नेताले गरे खुलासा

    काठमाडौं - नेकपामा आन्तरिक विवाद चुलिँदै जाँदा नेताहरुका धारणा पनि तीव्र रुपले सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष रक्षात्मक बनेको छ भने प्रचण्ड र माधव नेपाल समूह निकै आक्रमक ढंगले अघि बढेको छ ।

    पूर्वमाओवादी पक्षका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आइरहेका छन् । अब माधव नेपाल समूहका नेताहरु पनि ओलीविरुद्ध खनिन थालेका छन् ।

    जसमध्ये सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र बेदुराम भुसाल अग्रपंक्तिमा पर्छन् । यसैक्रममा नेकपाका पोलिटब्युरो सदस्य डा.बेदुराम भुसालले पार्टीको बैठकमा जान्न भन्ने प्रधानमन्त्री ओलीको सबै जिम्मेवारी खोसिने तयारी भइरहेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग बुधबार कुरा गर्दै भुसालले पार्टी अध्यक्ष नै बैठकमा जान्न भन्ने कुरा विधि, पद्धति र प्रक्रियाविरुद्ध रहेको बताए ।

    ‘बैठकमा जान्न भन्ने कुरा व्यक्तिवादी कुरा हो । समस्या त्यही नै हो । पार्टी अध्यक्ष भएर बैठकमा बस्न सक्नु हुन्न भने छाड्नु पर्यो’, उनले भने, ‘उहाँ आउनु हुन्न भने बैठक चल्छ । बहुमतले निर्णय गर्छ । पार्टी अगाडि बढ्छ ।’

    नेता भुसालले सचिवालयको बैठक मात्र नभई स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय कमिटीको बैठकसमेत पूर्वनिर्धारित रहेको बताए । नेता भुसालले पार्टीले केपी ओलीलाई जिम्मेवारीबाट हटाउन सक्ने चेतावनी दिएका छन् ।

    ‘केपी ओली को हो र ? उहाँलाई पार्टीबाट निल्न नसक्ने । जिम्मेवारीअनुसार काम गर्न नसक्ने हो भने त्यस्ता व्यक्तिलाई निकाल्न सकिन्छ । कारबाही होइन । जिम्मेवरी दिने वा नदिने हो । जिम्मेवारी पार्टीले फिर्ता लिन सक्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend