आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुख-दु:ख गरेर यहाँसम्म आइपुगेका 'जोय बाइडेनकाे नालीबेली'

सुख-दु:ख गरेर यहाँसम्म आइपुगेका 'जोय बाइडेनकाे नालीबेली'

  • एजेन्सी
  • आइतवार, कार्तिक २३ २०७७

  • 6.6K
    SHARES

  • सुख-दु:ख गरेर यहाँसम्म आइपुगेका 'जोय बाइडेनकाे नालीबेली'

    अमेरिकाकाे इतिहासकै सबैभन्दा पाका राष्ट्रपतीका रुपमा ७७ वर्षको आउँदो जनवरी २० ४६ औं राष्ट्रपती बन्दै गरेका जोय बाइडेन करिब ४८  वर्षअघि राजनीतिमा उदाएका हुन् ।

    २९ वर्षको उमेरमा माथिल्लो सदन सिनेटको सदस्यमा निर्वाचित भएर अमेरिकी केन्द्रीय राजनीतिमा बाइडेन उदाएका थिए ।

    यसअघि नै पनि दुई पटक राष्ट्रपति बन्ने तयारी गरेका बाइडेन तेस्रोत पटक सफल बनेका हुन् । सन् १९८८ मा र सन् २००८ मा बाइडेनले फेरी राष्ट्रपतिका लागि उठ्न खोजेका थिए । 

    तर, पार्टीभित्रकै अर्का प्रतिद्धन्द्धीसँगकाे छलफलपछि बाइडेन उम्मेदवारीमा उठ्न पाएका थिएनन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ठूलो मतान्तरले चुनाव जित्न सफल बाइडेनले ८ वर्ष ओबामा कार्यकालमा उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

    पेन्सिलभेनियाको स्क्रान्टनमा सन् १९४२ को नोभेम्बर २० मा जन्मिएका बाइडेन पिता जोसेफ बाइडेन सिनियरको जागिर गुमेसँगै १३ वर्षकाे उमेरमा डेलवर बसाईँ सरेका थिए । बाइडेनका पिता कार मेकानिक तथा बिक्रेता थिए ।

    भकभकाउने समस्याका कारण बाल्यकालमा ‘बुली’ भएका बाइडेन अझैं पनि केही शब्द उच्चारण गर्न सक्दैनन् । युनिभर्सिटी अफ डेलवरमा इतिहास र राजनीतिशास्त्र अध्ययन गरेका बाइडेन त्यतिबेलादेखि नै राजनीतिमा लागेका थिए ।

    स्नातक पास गरेको १ वर्षपछि सन् १९६६ मा कलेजकै साथी निलिया हन्टरसँग विवाह गरेका बाइडेन सन् १९६८ मा  विलमिङ्गटन बसाईँ सरेका थिए । त्यहाँ ल फर्ममा कानूनी सेवा अभ्यास थालेका बाइडेन सोही क्रममा डेमोक्र्याटिक पार्टीको सक्रिय सदस्य भएका थिए भने उनी सन् १९७० मा उनी न्यू कास्टल काउन्टीको काउन्सिलमा निर्वाचित भएका थिए ।

    Neilia_Hunter.jpeg

    निलिया हन्टर

    केही समय न्यायधिवक्ताका रुपमा समेत काम गरेका बाइडेनले सन् १९७१ मा आफ्नो ल फर्म समेत सुरु गरेका थिए । बाइडेन र निलियाले सन् १९६९ मा बो बाइडेन, १९७० मा हन्टर बाइडेन तथा १९७१ मा नाओमी बाइडेनलाई जन्म दिएका थिए ।

    BeauBiden-DOJ2013_(cropped).jpg

    बो बाइडेन

    यसपछि सन् १९७२ पछि बाइडेनको जिवनमा खुसी र दुख दुवै आयो । सन् १९७२ मा डेलवरबाट इतिहासकै कान्छो सिनेट सदस्य बनेका बाइडेनलाई सोही वर्ष पारिवारिक वियोग भयो ।

    R._Hunter_Biden_at_Center_for_Strategic_&_International_Studies_(Speaking) (1).png

    हन्टर बाइडेन

    सन् १९७२ को क्रिसमस अर्थात नयाँ वर्ष सनु १९७३ लाग्नुको एक हप्ता पहिले बाइडेनकी श्रीमती र तीनै सन्तान सडक दुर्घटनामा परे । सो क्रममा उनले श्रीमती निलिया र छोरी नाओमीलाई गुमाए भने उनका छोरा बो र हन्टर घाइते भए ।

    त्यसपछि छोराहरुकै लागि विलमिङ्गटनमा बसेका बाइडेन हरेक दिन वासिङ्गटनबाट रेल यात्रा गर्दै विलमिङ्गटन जान्थे । निलिया बितेको ६ वर्षपछि उनले डा. जिल बाइडेनसँग विवाह गरे।

    1024px-Joe_and_Jilly_Biden_early_photo.jpg

    जोय बाइडेन र उनकी दोस्रो श्रीमती

    जिलले सन १९८१ मा छोरी एश्लीलाई जन्म दिएकी थिइन्। जिलले हन्टर र बो तथा एश्लीको पालन पोषण गरेकी हुन्।

    लगातार राजनीतिमा सक्रिय बाइडेनले पारिवारिक वियोग भने झनै पाए । सन् २०१५ मा बाइडेनका छोरा बो बाइडेनको क्यान्सरबाट निधन भयो ।

    लगातार राजनीतिमा पनि दुई पटक असफल भएका बाइडेन अर्काे वियोगमा परेसँगै उनले आात्मह त्याको विषयमा सोचेको समेत बाइन्छ ।

    उनले सन् १९७२ देखि २००९ सम्म सिनेटमा विभिन्न कमिटिमा एवं उपराष्ट्रपतिका रुपमा काम गरेका बाइडेनलाई विदेश नीतिमा अब्बल मानिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend