बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

पार्टीको बैठक त बोलाउन नदिने ओलीले देश गज्जबले चलाउँछन् भनेर पत्याइदिनुपर्ने ?

पार्टीको बैठक त बोलाउन नदिने ओलीले देश गज्जबले चलाउँछन् भनेर पत्याइदिनुपर्ने ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 5.9K
    SHARES

  • पार्टीको बैठक त बोलाउन नदिने ओलीले देश गज्जबले चलाउँछन् भनेर पत्याइदिनुपर्ने ?

    काठमाडौं - वाइडबडी प्रकरण, यती प्रकरण, ओम्नी प्रकरण, सेक्युरिटी मेसिन खरिद प्रकरण, मेडिकल सामान खरिद प्रकरणजस्ता दर्जनौं प्रकरणले प्रधानमन्त्री केपी ओली सरकारको छवि नराम्रोसँग गिरेको छ।

    तर, प्रधानमन्त्री ओली भने आफूले गज्जब तरिकाले सरकार चलाएको दाबी गर्न छाडेका छैनन् । पछिल्लो समय नेकपामा विवाद पेचिलो बन्दै जाँदा ओलीले आफूइतर समूहले पेल्दै गएका छन् ।

    आफ्ना कुरा अब पार्टीको बैठक होइन, कुनै टेलिभिजनमार्फत ओलीले सार्वजनिक गर्न थालेका छन् । जसका कारण पार्टीका नेताहरुलाई उनले दिएका चुनौतीबारे च्यालेन्ज गर्न सजिलो छैन ।

    पार्टी र सरकारको समीक्षा गर्न भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवुकमार नेपाल समूहले धेरैअघिदेखि बैठक राख्न माग गर्दै आएका छन् । तर, पार्टीको बैठक बोलाएमा पार्टी नै फुट्ने चेतावनी उनले दिँदै आएका छन् ।

    आफ्नो पार्टीको बैठक राख्दा पार्टी फुट्ने भन्ने व्यक्तिले मुलुकलाई राम्रो सरकार देला भनेर सोच्नु नेपाली जनताको महाभूल भएको टिप्पणी हुन थालेका छन् । चुनावकै बेलादेखि हो ओलीले गफ दिन थालेको छ ।

    जनताले त्यही गफ पत्याइदिएकाले अहिले यस्तो सास्ती भोग्नुपरिरहेको छ । चुनाव र त्यसपछि ओलीले चीनबाट काठमाडौंसम्म चुच्चे रेल आउने, काठमाडौंमा मेट्रो रेल कुद्ने, रक्सौल काठमाडौं ब्रोडगेज रेल चल्ने, कोसी र गण्डकीमा पानीजहाज चल्ने, नेपालको आफ्नै पानीजहाज हुने, नेपाली जनताको घरघरमा ग्यासको पाइप पुर्याइदिने, प्रतिव्यक्ति आय पाँच हजार डलर पुग्ने जस्तो नारा दिएका थिए ।

    तर, अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन । कतिसम्म भने आफ्नो आलोचना गर्ने जोसुकै होस् चाहे अर्को या आफ्नो पार्टीका नेता, सबैको राजनीतिक इतिहास ओलीले सिध्याइदिएका छन् ।

    बाबुराम भट्टराई, उपेन्द्र यादव, वामदेव गौतम, भीम रावल जस्ता नेतालाई कुनै न कुनै घटनामा विवादमा पारिदिएका छन् । सधैं आफू निकट व्यक्तिलाई मात्र अवसर दिँदै आएका ओलीले अहिले पूर्वमाओवादीलाई नेकपाबाट जबर्जस्त ढंगले निकाल्न लागिपरेका छन् ।

    त्यसको सुरुवात शनिबार राति एपीवान टेलिभिजनमा अन्तर्वार्ता दिएर उनले संकेत गरिसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend