काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा ठूलो पार्टीको निर्वाचित अध्यक्ष रहेको बताएका छन् । नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद जारी रहेका बेला प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्र्तवार्तामा बोल्दै यस्तो भनेका हुन् ।
उनले आफुले कार्यकर्ताले दिएको जिम्मेवारी नबिर्सेको बताएका छन् । यसबाहेक उनले आफ्नो कार्यकालमा पार्टी कहाँबाट कहाँ आइपुगेको छ ? भन्ने प्रश्न गरेका छन् । उनले आफु प्रधानमन्त्री भएदेखि देश विकासको बाटोमा गएका कारण आफु डराउनु पर्ने स्थिती नरहेको बताएका छन् ।
उनले केपी ओली प्रधानमन्त्री पदबाट हट्नुपर्नछ भन्ने अभिव्यक्तिहरुले सरकारको अस्थिरताको संकेत गराएको भन्दै आफुले राजीनामा नदिने स्पष्ट पारेको बताएका छन् । उनले सरकार र सरकारको नेतृत्व परिवर्तन नहुँने बताएका छन् ।
उनले राजीनामाको कुरा निकाल्दा आफुले स्थिरताको कुरा गरेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।