अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टी अर्थात ट्रम्प नेतृत्वको पार्टीका एक शीर्ष नेता मिच म्याकोनलले डेमोक्रेटिक पार्टीले राष्ट्रपतीय चुनाव जिते शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा धाँधली भइरहेको भनिरहेका बेला एवं अमेरिकामा विभिन्न प्रदर्शन भइरहेका बेला नेता म्याकोनलले जोय बाइडेन चुनाव जिते अत्यन्तै शान्तिपूर्ण ढंगबाट सत्ता हस्तान्तरण हुने बताएका हुन् ।
“हरेक चार वर्षमा नयाँ प्रशासनका लागि जनताले मतदान गर्दछन् भने सिट छाड्न वा हस्तान्तरणमा के आपत्ति ?,” प्रश्न गर्दै उनले भनेका छन् । ट्रम्पले नोभेम्बर ३ बाटनै बीना प्रमाण राष्ट्रपति डेमोक्रेट नेताहरुमाथि चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।