काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको नजिक पुगेको डेमोक्याटिकतर्फका उम्मेदरवगार जोय बाइडेनको सुरक्षा बढाइएको छ । उनी चुनावको जित नजिक पुगेका कारण उनको सुरक्षा बढाइएको अन्तर्राष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्मको मतगणनालाई मध्यनजर गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन्। राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर सेवाले कडा सुरक्षा प्रदान गर्न विशेष टोली खटाएको अन्र्राष्ट्रिय मिडियाले जनाएका छन् ।
हाल अमेरिकाको नर्थ क्यारोलीना, नेभाडा, पेन्सेलभेनिया, एरिजोना र जोर्जिया राज्यमा मतगणना जारी छ। यी मध्ये ४ राज्यमा बाइेनको अग्रता रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।