अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका बेला डेमोक्र्याटिकका उम्मेदवार जोय बाइडेनले पेन्सलभेनियामा पनि ट्रम्पलाई पछि पारेका छन् । बाइडेनले करिब ६ हजारभन्दा बढी मतले अग्रता लिएका हुन् ।
यसबाहेक जोर्जिया र एरिजोनामा समेत बाइडेनकै अग्रता छ । यससँग्ौ अब, ट्रम्पको चुनाव हार्ने सम्भावना निकै नै बढेको छ । २० इलेक्टोरल मत रहेको पेन्सलभेनियामा बाइडेनले ५ हजार ६ सय मतको अग्रता लिएका हुन्। यहाँ करिब एक लाख मत गिन्ती गर्न बाँकी छ।
हाल जितका लागि २ सय ७० मत आवश्यक रहेका ठाउँमा बाइडेनसँग २ सय ५३ छन् भने ट्रम्पसँग २ सय १४ छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।