अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् ।
उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् । उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गरेका थिए ।
उनले भनेका छन्– यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु ।अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उनले लगाएका छन् । त्यसैले उनले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताएका छन् ।
उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।