काठमाडौं- अमेरिकी निर्वाचनमा जसले जितेपनि आफु (चीन)तर्फ ध्यान दिँदै मिलेर एवं समझदारी गरेर अघि बढ्ने अपेक्षा चीनले गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री ले युचेङले भनेका छन्, ‘चीन आशा गर्छ– अमेरिकाको नयाँ प्रशासनले हामीसँगको सहकार्यमा ध्यान दिनेछ र हामीबीचको असमझदारीलाई ठिक तरिकाले व्यवस्थापन गर्नेछ। जसले चीन–अमेरिका सम्बन्धलाई सही मार्गमा ल्याउनेछ,’ उनले भनेका छन्।
अमेरिकामा निर्वाचनको दुई दिनपछि पनि कसले जित्छ भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।