आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काे हुन् भाषण चोरीकाे आरोपमा फसेका बाइडेन ? यस्ताे छ इतिहास !

काे हुन् भाषण चोरीकाे आरोपमा फसेका बाइडेन ? यस्ताे छ इतिहास !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 6.1K
    SHARES

  • काे हुन् भाषण चोरीकाे आरोपमा फसेका बाइडेन ?  यस्ताे छ इतिहास !

    काठमाडौं- अभमेरिकी राष्ट्रपतीय निर्वाचनको जित नजिक पुगेको डेमोक्र्याटिक उम्मेदवार जोय बाइडेन ३२ वर्षअघि पनि राष्ट्रपतीको उम्मेदवारीको घोषणा गर्नै तयारीमा थिए ।

    तर, त्यति नै बेला उनीमाथि आफ्नो एक भाषणमा ब्रिटिस लेबर पार्टीका नेता नेईल किन्नोकको भाषण चोरी गरेको आरोप लागेको थियो । बाइडेनले आफ्नो भाषणमा प्रयोग गरेको केही शब्दमा ब्रिटिस नेताको शब्दहरु प्रयोग गरेको तर, साभार भने नदिएको आरापे लागेको थियो ।

    विवादमा परेपछि उनले राष्ट्रपतीको उम्मेदवारीको तयारी छोडेका थिए । त्यतिबेला उनी निर्वाचति भएका भए अमेरिकी इतिहासकै दोस्रो कान्छो राष्ट्रपति हुने भएका थिए ।

    यसअघि सन् २०१६ को निर्वाचनमा पनि राष्ट्रपति चुनाव लड्ने तयारी गरेका थिए । तर उनी उम्मेदवार बन्न गरिएको मतदान मै हिलारी क्लिन्टनसँग पराजित भएका थिए । ट्रंपसँग चुनाव लडेकी क्लिन्टनले पपुलर भोट बढी ल्याएपनि राष्ट्रपती बन्न भने सकिनन् । 

    सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको उप राष्ट्रपति  रहेका बाइडेन ३६ वर्षसम्म अमेरिकाको डेलवर राज्यलाई प्रतिनिधित्व गर्दै अमेरिकाको संसदमा सेनेटर थिए । 

    सन् १९४२ मा जन्मेका उनी हाल ७७ वर्ष भएका छन् । उनी राष्ट्रपति निर्वाचित भएको खण्डमा उनले पदभार सम्हाल्दासम्म उनको उमेर ७८ वर्ष हुनेछ भने उनी अमेरिका इतिहास कै सबैभन्दा पाका उमेरका राष्ट्रपति बन्ने छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend