काठमाडौं- अमेरिकी राष्ट्रपतीय चुनावको भोट गणनाका क्रममा ट्विटरमा दुवै राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र जोय बाइडेन एक्टिभ रहिआएका थिए । तर, पछिल्लो केही घण्टादेखि ट्रम्प ट्विटरबाट अचानक हराएका छन् ।
डेमोक्र्याटिकका उम्मेदवार बाइडेन जितको नजिक पुगेका बेला ट्रम्पले ट्विटरमा ट्विट गर्न छोडेका छन् । यसअघि लगातार आफुल जित्ने एवं हिजो हिजो भोट गणनाकै क्रममा आफुले जितेको दाबी समेत गरेका ट्रम्पले पछिल्लो ६ घण्टा यता एउटा पनि ट्विट गरेका छैनन् ।
तर, बाइडेनले भने सोही ६ घण्टा यता ५ वटासम्म ट्विट गरेका छन् । निकै अस्तिदेखि ट्विटरमा पहिलाभन्दा पनि बढी एक्टिभ रहेका ट्रम्प बाइडेन जितको नजिक पुगेका बेला एवं आफु धेरै मतले पछाडि रहेसँगै ट्विटरबाट हराएका हुन् ।
ट्रम्पले हुलाकबाट पठाइएका भोटहरुमा जालसाजी भएको हुन सक्ने भन्दै आफु अदालत जाने बताएका थिए । पछिल्लो मतगणना अनुसार अहिले ५ राज्यको मत गणनाको क्रममा रहेको छ ।
जसमध्ये ४ वटामा ट्रम्पको अग्रता छ भने एउटामा बाइडेनको अग्रत रहेको छ । राष्ट्रपति बन्न चाहिले २ सय ७० भोटमध्ये बाइडेनले २ सय ६४ पाइसकेका छन् भने ट्रम्पले २ सय १४ अब ७१ भोट गण्नाको क्रममा छन् । ट्रम्पको जित्ने सम्भावना रहेपनि बाइडेन जितको नजिक छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।