बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली र ट्रम्पको बालहठ, एक– म नभए देश बर्बाद हुन्छ, अर्को– मैले चुनाव हार्न मिल्दैन

ओली र ट्रम्पको बालहठ, एक– म नभए देश बर्बाद हुन्छ, अर्को– मैले चुनाव हार्न मिल्दैन

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.5K
    SHARES

  • ओली र ट्रम्पको बालहठ, एक– म नभए देश बर्बाद हुन्छ, अर्को– मैले चुनाव हार्न मिल्दैन

    काठमाडौं - पार्टीभित्र प्रधानमन्त्रीको विकल्प खोज्न सुरु भएपछि केपी ओलीले आफूले पदबाट राजीनामा दिए देश बर्बाद हुने जिकिर गरेका छन् ।

    बुधबार मनमोहन अस्पताल परिसरमा आयोजित कार्यक्रममा ओलीले आफूले पदबाट राजीनामा नदिने बताउँदै यस्तो बेला प्रधानमन्त्रीबाट राजीनामा दिए देश बर्बाद हुने तर्क गरेका हुन् ।

    ओलीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा तीव्र टिप्पणी आउने क्रम जारी छ । धेरैले राणा शासन, पञ्चायती शासन व्यवस्था तथा राजसंस्था नभए पनि देश चलिरहेको तर्क गर्दै ओलीको यो भनाइलाई बालहठ भनेर टिप्पणी गरेका हुन् ।

    नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावका कारण पार्टी नै विघटनको दिशामा पुगेपछि प्रधानमन्त्री ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने भनेर घोषणा गरेका हुन् ।

    बुधबारकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस्तै तर्क गरेका छन् । राष्ट्रपति पदका अर्का प्रत्यासी जो बाइडनले अग्रता हासिल गरेपछि ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूले चुनाव हार्नैै नहुने तर्क गरेका हुन् ।

    उनले डेमोक्रेटहरूले मतगणनामा धाँधली गरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चेतावनी पनि दिएका छन् । आफूले चुनाव हार्नै नहुने ट्रम्पको पनि अहिले विश्वभर आलोचना हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend