बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले राजिनामा बारे मुख खोले, दिए यस्तो सन्देश !

ओलीले राजिनामा बारे मुख खोले, दिए यस्तो सन्देश !

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.2K
    SHARES

  • ओलीले राजिनामा बारे मुख खोले, दिए यस्तो सन्देश !

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफुले प्रधानमन्त्री पदबाट रजाीनामा दिए देश बर्बाद हुने बताएका छन् ।

    बुधबार बिहाान चिकित्साशास्त्र अध्ययन संस्थान अन्गर्तगको मनमाहेन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले देशका लागि भएपनि आफुले राजीनामा दिन नहुने दाबी गरेका हुन् । नेकपा भित्रकै किचिलो मिलाउन नसकिरहेका ओली, कोरोना भाइरसको नियन्त्रण बाट चुकेका प्रधानमन्त्री ओलीले आफुले राजीनामा दिए देश बबार्द हुन्छ भन्ने अभिव्यक्ति दिएका हुन् । 

    उद्घाटनका क्रममा बोल्दै ओलीले भने,  ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो(याएर भनेको छु फेरि केहीले खोइत राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

    प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत आग्रह गरे । 

    उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पु-याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेकथरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend