काठमाडौं - नेकपामा विवाद पेचिलो बन्दै जाँदा प्रधानमन्त्री केपी ओलीले कठोर कदम चाल्ने तयारी गरेका छन् ।
यदि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हठ गरेर सचिवालय, स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओली निकै गम्भीर निर्णय गर्ने मनस्थितिमा पुगेको स्रोतले बताएको छ ।
उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ ।
बालुवाटार निकटस्थ स्रोतका अनुसार गत वैशाख १२ गते फिर्ता लिइएका राजनीतिक दल, संंवधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्ने तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन लिएका छन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा छलफल गर्ने भएको छ । यदि पार्टीभित्र प्रचण्ड र माधवकुमार नेपाल पक्षले बहुमतको बलमा हस्तक्षेप गरे ओलीले मुलुकलाई संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा होम्ने चर्चा पनि छ ।
तर, संविधानले भने विगतमा जस्तै प्रधानमन्त्रीले संसद् विघटन गर्ने र मध्यावधि घोषणा गर्ने बाटो लगभग बन्द गरिदिएको छ । देशमा संकटकाल लगाउन सक्ने अधिकार सरकारलाई भए पनि एक महिनाभित्र संसदमा पेस गर्नुपर्ने र दुवै सदनबाट दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने भएकाले ओलीलाई त्यति सजिलो भने छैन ।
त्यसैले सरकारले पुनः राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । पार्टी विभाजन गरेर नयाँ दल बनाउन केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्य पुग्नुपर्छ ।
त्यसैले संसद् र केन्द्रीय कमिटी दुवै निकायको सट्टा एउटामा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश जारी गर्ने मनस्थितिमा ओली पुगेको नेकपाभित्र चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।