आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कक्षा १२ को ४० पूर्णाङ्कको प्रश्नपत्र सार्वजनिक, कहाँ कर कसरी दिने परीक्षा ?

कक्षा १२ को ४० पूर्णाङ्कको प्रश्नपत्र सार्वजनिक, कहाँ कर कसरी दिने परीक्षा ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 7.1K
    SHARES

  • कक्षा १२ को ४० पूर्णाङ्कको प्रश्नपत्र सार्वजनिक, कहाँ कर कसरी दिने परीक्षा ?

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। बोर्डले आगामी मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षाका लागि ४० पूर्णाङ्क तोकेको छ।

    कोरोना महामारीका कारण ४० पूर्णाङ्कको परीक्षामा विद्यार्थीमा अन्योल नहोस् भनेर प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

    धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।

    ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा र ४० प्रतिशतको मात्र सैद्धान्तिक परीक्षा हुनेछ। त्यसका लागि बोर्डले कार्यविधिसमेत तयार पारेको छ। परीक्षाको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ।

    कक्षा १२ का लागि यो वर्ष चार हजार एक सय पाँच परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थीले पढेको विद्यालयमा पुगेर परीक्षा दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ। तर, काठमाडौं उपत्यकाको हकमा भने विद्यार्थीले भने पढेकै विद्यालयमा परीक्षा दिनुपर्नेछ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक ५ २०७७०६:००:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend