विराटनगर- विराटनगर महानगरपालिकाले एकल निर्णय गरी असोज २५ गतेबाट लिने तालिका सार्वजनिक गरेको कक्षा ११ को परीक्षा स्थगित गरको छ।
विद्यार्थीको विरोधपछि जिल्ला प्रशासन कार्यालय कार्यालय मोरङमा सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
विद्यार्थीहरुले स्कुल अगाडी धर्ना बसेपछि महानगरले परीक्षा लिने निर्णय रद्द गरेको हो । महानगरपालिकाले माध्यमिक विद्यालयहरुको दबाबमा आएर सरोकारवालाहरुसँग सल्लाह नै नगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो।
प्रदेश १ कै उच्च संक्रमण दर रहेको विराटनगरमा महानगरपालिकाले एकल निर्णय गरी कात्तिक ७ गतेसम्म कक्षा ११ को परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।