आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कक्षा १२ को परीक्षा मिति तोकियो, होमसेन्टरबाटै यसरी हुनेभयाे परीक्षा

कक्षा १२ को परीक्षा मिति तोकियो, होमसेन्टरबाटै यसरी हुनेभयाे परीक्षा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 7.4K
    SHARES

  • कक्षा १२ को परीक्षा मिति तोकियो, होमसेन्टरबाटै यसरी हुनेभयाे परीक्षा

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसिर दोस्रो साताबाट हुने भएको छ । सरकारले परीक्षा सञ्चालनका लागि सहमति दिएपछि आगामी मंसिर बाट सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकमा सहमति भएको हो । 

    यसअघि गत वैशाखमा सञ्चालन हुने कार्यतालिका रहे पनि कोरोना भाइरहसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो ।  

    बोर्डले ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिने भएको हो । ४० प्रतिशत मुल्याङकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत प्रयोगात्मक परीक्षा वा आन्तरिक मुल्याङक्न हुने गरी कार्यबिधि तयार भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए। 

    यसरी लिइने परीक्षाको समय डेढ घण्टाको हुनेछ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गर्दैछ । सकेसम्म सबै पाठ्यक्रमलाई समेट्ने प्रयास हुने पौडेलले बताए । 

    त्यस्तै कक्षा १२ को परीक्षा दिने विद्यार्थी कोरोना संक्रमित भएको वा आइसोलेसनमा बसेको अवस्थामा निको भएपछि परीक्षा लिने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलका अनुसार कोभिड—१९ पोजेटिभ भएको रिपोर्ट आफैले पढेको विद्यालयमा पेस गरेपछि कोभिड भएको कम्तिमा १५ दिनपछि परीक्षा लिने व्यवस्थापन हुने बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १८ २०७७०९:४८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend