काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी नफुट्ने बताएका छन्। शनिबार मात्रै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सँगै जान सकिँदैन अलग भएर जाऔँ भनेका ओलीले ललितपुरको गोदावरीमा निर्माणाधिन अन्तर्राष्ट्रिय सभाहको निरिक्षणको क्रममा पार्टी नफुट्ने बताएका हुन्।
पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रीत भएको दाबी गरे। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले प्रश्न गरेको भन्दै ओलीले पार्टीलाई ठिक ढंगले अगाडि बढाउनुपर्ने बताए । प्रधानमन्त्री ओली आइतबार ललितपुरको गोदावरीमा निर्माण भइरहेको अन्तराष्ट्रिय सभाहलको निरिक्षण गर्न पुगेका थिए ।
झण्डै तीन हजार सीट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ । प्रधानमन्त्री ओली लामो समयदेखि बालुवाटारबाट बाहिर निस्किएका थिएनन् । तर, पार्टीको अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आएको सन्देश प्रवाह गरेकै दिन ओली बालुवाटारबाट बाहिर निस्किएर गोदावरी पुगेका हुन् । यता नेकपाका वरिष्ठ नेताहरु तथा पूर्वप्रधामन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले पनि अब केपी ओलीसँग यात्रा गर्न नसक्ने बताइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।