ओखलढुंगा - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरू आउने भनेको अन्तिम स्थान भनेको कांग्रेस पार्टी नै रहेको बताएका छन् ।
गृहजिल्ला ओखलढुंगामा नेता कार्यकर्ताहरूलाई आइतबार सम्बोधन गर्ने क्रममा खतिवडाले कम्युनिस्टहरू अन्तिममा सुध्रिए भने आउने ठाउँ भनेको कांग्रेस पार्टी रहेको उल्लेख गरे । खतिवडाले भने, ‘अन्तिममा कम्युनिस्टहरू आउने भनेको नेपाली कांग्रेस पार्टी हो ।’
खड्गप्रसाद ओलीलाई झापामा नराम्रोसँग हराएका तत्कालीन माओवादीका नेता विश्वदीप लिङ्देन नेपाली कांग्रेसमा प्रवेश गरेको खतिवडाले बताए ।
‘०६४ सालमा झापाबाट खड्गप्रसाद ओलीले हारेका हुन् । विश्वदीप लिङ्देनले ओलीजीलाई हराउनुभएको थियो’, खतिवडाले भने, ‘विश्वदीप लिङ्देनले गलत पार्टीमा रहेछु भनेर अहिले कांग्रेसको सदस्यता लिनुभएको छ ।’
खतिवडाले ओखलढुंगाबाट निर्वाचित नेकपाका जनप्रतिनिधिहरू पनि आउने भनेको कांग्रेस पार्टी नै रहेको बताए । उनले भने, ‘ओखलढुंगाबाट निर्वाचित भएका जनप्रतिनिधिहरू कुनै बेला कांग्रेसमा प्रवेश गरे भने अचम्मा नमान्नु होला । कांग्रेसमा प्रवेश गर्न सक्छन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।