बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

 सीमामा अड्किएका कन्टेनर पास गर्न चिनियाँ एजेन्टहरुले पैसा मागेको भन्दै व्यापारीहरु आक्रोशित 

 सीमामा अड्किएका कन्टेनर पास गर्न चिनियाँ एजेन्टहरुले पैसा मागेको भन्दै व्यापारीहरु आक्रोशित 

  • मिडिया डबली
  • बुधवार, कार्तिक १२ २०७७

  • 19.0K
    SHARES

  •  सीमामा अड्किएका कन्टेनर पास गर्न चिनियाँ एजेन्टहरुले पैसा मागेको भन्दै व्यापारीहरु आक्रोशित 

    काठमाडौं  -  कोरोना महामारीका कारण नेपालसँगको सीमानाकामा कडाइ गरेको चीनले पछिल्लो समय नेपाली कन्टेनरहरु सीमा क्षेत्रमै रोकिएका छन्  ।  चीनले विभिन्‍न बाहनामा नेपाली कन्टेनरहरु सीमा क्षेत्रमै रोक्ने गरेका छन्  ।  

    लामो समयदेखि कन्टेनरहरु सीमा क्षेत्रैमै रोकिँदा नेपाली बजारमा नयाँ सामग्रहरु आउन सकेको छैन  । जसले काठमाडौंलगायतका देशका विभिन्‍न क्षेत्रका दुई हजारभन्दा बढी  व्यापारीहरुले करोडौंको घाटा व्यहोरिरहेका छन्  ।  

    महिनौंदेखिको आफ्नो सामग्रीहरु नेपाल-चीन सीमाको चिनियाँ सहरमा अड्किँदा चिन्तिक बनेका व्यापारीहरुका चिनियाँ एजेन्टहरु सामग्री पार गराइदिने शर्तमा पैसा असुल्न थालेका छन् । सीमा क्षेत्रमा रहेका चिनियाँ एजेन्टहरुले सामान पार गरिदिन पनि पैसा असुल्न थालेको सुनेर नेपाली व्यापारीहरु निकै आश्‍चार्यमा परेका छन्  ।  

    नेपाली व्यापारीहरुले चिनियाँ एजेन्टहरुलाई अलग पैसा दिन नसक्ने बताएका छन्  ।  नेपाली व्यापारीहरुका अनुसार २५ जना चिनियाँ एजेन्टहरुले पैसा माग्‍न गरेको बताएका छन् । उनीहरुले पैसा नदिए कन्टेनरहरु पास हुन नदिने चेतावनी दिएका छन् । 

    गर्मी मौसमका लागि भनेर ल्याइएका लुगा र फेसन डिजाइनहरु पनि जाडो मौसम सुरु भइसक्दा पनि सामग्रीहरु सीमा क्षेत्रमै रोकिएका छन् । सरकारले पनि भारतीय सीमा नाका बन्द हुँदा नाकाबन्दी भनेर भजाउने सरकारले यति लामो समयदेखि नाकाबन्दी हुँदा पनि केही पहल गर्न सकेको छैन । नेपालको राजनीतिमा चिनियाँ दबाब बढ्दै गएको यो अर्को संकेत हो । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend