काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा पुगेर राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सोही क्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला ग्रहण गराएको उनले बताए।
यसअघि प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली गृहजिल्ला झापामा रहेकाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।