बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, मृतकको संख्या कति ?

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, मृतकको संख्या कति ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक ९ २०७७

  • 5.5K
    SHARES

  • कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, मृतकको संख्या कति ?

    विश्वव्यापी महामारी कोरोना भाइरस  संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  

    एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।

    यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।  हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  

    यस्तै नेपालमा मात्र १ लाख ५५  हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना  कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० प्रतिशत हो ।  

    शनिवार साँझसम्म  नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।  

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend