बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

‘साइकल मन्त्री’ लाई के थाहा पत्रकारका पीडा, दुःख गरेर तलब खाको पनि रिस

‘साइकल मन्त्री’ लाई के थाहा पत्रकारका पीडा, दुःख गरेर तलब खाको पनि रिस

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 4.3K
    SHARES

  • ‘साइकल मन्त्री’ लाई के थाहा पत्रकारका पीडा, दुःख गरेर तलब खाको पनि रिस

    काठमाडौं - नेकपाका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित सोमबार एकाएक पत्रकार र मिडियाविरुद्ध उत्रिए ।

    कोरोना महामारीका कारण निमुखा जनताले उपचार गर्न नपाएर ज्यान गुमाउनु परेका बेला सरकारले सांसदहरुलाई दशैंभत्ता खातामा हालिदिएको तथ्य मिडियाले नै बाहिर सार्वजनिक गरेको थियो । जसको चौतर्फी विरोधपछि सरकारले नै दशैंभत्ता फिर्ता गर्दै कोरोना कोषमा राख्न बाध्य भयो ।

    आफ्नो बैंक खातामा सित्तैमा आएको ६४ हजार गुमाउनु परेको पीडा ‘साइकल मन्त्री’ भनेर चिनिएका पण्डितलाई धेरै देखियो । उनले आफ्नो पीडा सार्वजनिक रूपमा बाहिर ल्याउँदै भने, ‘पत्रकारहरूले पनि तलब र दशैंभत्ता फिर्ता गर्नुपर्छ ।’

    पण्डितको यस्तो अभिव्यक्तिपछि नेपाली जनताले बल्ल महसुस गरेका छन्, हामीले कस्ता नेतालाई चुनेर संसदमा पठाएका रहेछौं भनेर । पण्डित राजनीतिलाई पेसा मान्दा रहेछन् ।

    राजनीति गरेपछि तलब खान पाइन्छ भन्ने उनको बुझाइ देखियो । जबकि पत्रकारिता र राजनीति एउटै होइन भन्नेसमेत उनले थाहा पाएका रहेनछन् । पण्डित कतिसम्म ढाेंगी हुन् भन्ने कुरा केही अघि नै नेपाली जनताले थाहा पाइसकेका छन् ।

    साइकल चढेको पनि उनले गाडीमा पेट्रोल हालेको भन्दै राज्यबाट सुविधा लिएका थिए । त्यति मात्र होइन, चुनावमा देशविदेशबाट सहयोग संकलन गरी पठाएको ५५ लाख रुपैयाँ उनले आफ्नै बैंक खातामा राखेका थिए ।

    यस्ता व्यक्तिलाई पत्रकारका पीडा कसरी थाहा पाउनू ? विभिन्न मिडियामा कार्यरत पत्रकारले चैतदेखिकै तलब नपाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाउँदै आन्दोलन गरिरहेकोसमेत उनले भेउ पाएनन् ।

    श्रमजीवी पत्रकारले आठ घन्टाभन्दा बढी दैनिक परिश्रम गर्छन् भन्नेसमेत थाहा नपाउने व्यक्तिबाट नेपाली शासित हुनु निकै लाजमर्दो विषय भएको टिप्पणी हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १३ २०७८०२:२८:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend