काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितले पार्टीभित्र विद्रोह गर्दै केन्द्रीय सदस्य पद नलिने घोषणा गरेका छन् ।
केन्द्रीय पदाधिकारीका आकांक्षी रहेका पण्डितले अध्यक्ष केपी शर्मा ओलीले दिएको पद नलिने घोषणा गरेका छन् । ओलीले पण्डितलाई पदाधिकारी नदिएर केन्द्रीय सदस्यमा राखेका छन् ।
ओलीले पदाधिकारीमा नराखेको असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पण्डितले भनेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।