अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले अगामि चुनाव हारेमा अमेरिका नै चोड्न सक्ने घोषणा गरेका छन् ।
चुनावी अभियानकै क्रममा ट्रम्पले म्याकोन, जोर्जियामा आफूले चुनाव हारे अमेरिका नै छाड्नसक्ने बताएका हुन्। उनले ठट्यौली तवरबाट भने,‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचन लड्दैछन्। नोभेम्बर ३ मा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।
आगामी महिना निर्वाचन हुन लागेका बेला यतिबेला दुई नेता चुनावी प्रचारप्रचार कार्यक्रममा व्यस्त छन्।
पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा दिँदै भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।