काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेपालको सत्ता चलाउन नयाँ अभ्यास सुरु गरेका छन् । प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री राख्नु भनेको अब मैले सरकार चलाउन सकिनँ है भन्ने सन्देश दिनु हो ।
ओलीको यो निर्णयले उनी प्रधानमन्त्री चलाउन अक्षम भएको टिप्पणी गर्न थालिएको छ । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री कार्यालयमा तानेका छन् । एक हिसाबले उनलाई घटुवा गरिएको हो ।
तर, पोखरेल आफैंले नयाँ अभ्यास भएको बताउँदै प्रधानमन्त्री कार्यालयमा पदबहाली गरेका छन् । राजनीतिक विश्लेषकहरूले भने प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहयोगी राख्नु भनेको अब उनीसँग कुनै भिजन छैन भन्ने प्रमाणित भएको बताउन थालेका छन् ।
ओली सात महिनादेखि सिंहदरबार गएका छैनन् । निजी निवास बालुवाटारमै बसेर देश सञ्चालन गरिरहेका छन् । अरु देशमा भएको भए जनताले सडकमा आगो बालिसक्थे ।
तर, ओली भने भाग्यमानी बनेका छन् अफिस नै नगई देश चलाउने । प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेलसँग भएको रक्षामन्त्री खोसेर आफ्नो कार्यालयमा हाजिरी गर्न लगाए पनि ओलीले हेर्ने ४८ वटा निकायको जिम्मेवारी हेर्ने गरी जिम्मा दिइएको प्रचार गराइएको छ ।
जबकि सबै मन्त्रालयको कामकाज र नियुक्तिमा हस्तक्षेप गर्ने ओलीले आफ्नै मन्त्रालयका ४८ वटा विभाग पोखरेललाई हेर्न स्वतन्त्र ढंगले देलान् भनेर नेकपाका नेताले विश्वास गर्न सकिरहेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।