काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दशैंमा लकडाउन हुने या नहुने विषयमा बोलेका छन् ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरेको थियो । हाल सक्रिय संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ। यस्तोमा दशैं आसपासमै लकडाउन हुने चिन्ताले मानिसहरुलाई सताएको छ।
यस विषयमा प्रवक्ता गौतमले दशैं आसपासमा लकडाउन लकडाउन गर्ने गरी मन्त्रालयले कुनै सुझाव सरकारलाई नदिएको बताएका छन् ।
सरकारले दशैं आसपासमा लकडाउन गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई कुनै सुझाव नदिएको उनले बताएका हुन् । तर दशैंमा धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनु पर्ने उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।