काठमाडौं– सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा सिफारिस गरेको छ।
विहिबार खतिवडालाई राजदुतमा सिफारिस गरेको हो। सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीमा योग्य व्यक्तिहरुको कुनै कमी छैन। तर, खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिझाएर पद जति आफ्नै पोल्टामा पार्दै आएका छन्।
उनी पद विना बस्नै सक्दैनन्, यसकै उदाहरण हो उनले एकपछि अर्को पद हत्याएका छन्। राष्ट्र बैंकको कर्मचारीबाट सरकारी सेवा सुरु गरेका खतिवडाले मन्त्री देखि राजदुतसम्मको जिम्मेवारी पाइसकेका छन्।
उनी राष्ट्र बैंकको गर्भनर समेत भएका थिए। दुई पटक राष्ट्रिय योजना आयोगका सदस्य हुने भाग्यमानी पनि उनै खतिवडा हुन्। पछिल्लो पटक उनी राष्ट्रियसभामा मनोनित भएर अर्थमन्त्री बनेका थिए।
राष्ट्रिय सभाको कार्यकाल सकिएर पनि थप ६ महिना उनी मन्त्री बनेका थिए। तर नेकपाले उनलाई राष्ट्रिय सभामा नलैजाने निर्णय गरेपछि उनले १ महिना अघि मात्रै अर्थमन्त्रीबाट राजिनामा दिएका थिए।
अर्थमन्त्रीको जिम्मेवारीबाट हट्ने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारको पद सुम्पिएका थिए। उक्त पद मन्त्री सो सरहको भनिएको थियो।
विषेश आर्थिक सल्लाहकार नियुक्त भएको एक महिना नपुग्दै खतिवडालाई अमेरिकाको राजदुतमा सिफारिस गरिएको छ । एकै व्यक्तिले अनेक पदमा हालिमुहाली गरेपछि नेकपा भित्र खैलाबैला मच्चिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।