स्याङ्जा- पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजकिरिया गरेका छन् . स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो।
पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजकिरिया गरिरहेका छन्।
पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजकिरिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए।
माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन्।
‘पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो’, मनिषाले भने, ‘दिदीको बिहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ।’ बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।