काठमाडौं - नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएकाे छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेकाे हाे।
उक्त पार्टीकाे अगुवाइमा पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द आक्राेश समेत पाेखेका छन्।
सहभागीहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, हुम्लाकाे नेपाल-तिब्बत सीमाबाट कम्युनिष्ट चीन फिर्ता जा भन्दै चीनविरूद्द नारा लगाएका थिए।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छन्।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे बताइएको छ । उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।