आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बस्तीको दुवैतिरबाट पहिरो, ११ घर उच्च जोखिममा

बस्तीको दुवैतिरबाट पहिरो, ११ घर उच्च जोखिममा

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 3.8K
    SHARES

  • बस्तीको दुवैतिरबाट पहिरो, ११ घर उच्च जोखिममा

    खोटाङ- पहिराका कारण ऐसेलुखर्क गाउँपालिकाका ११ घरपरिवार जोखिममा परेका छन् । यही असोज २ गतेको भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर ४ जलेश्वरीका ११ घर स्थानीय बासिन्दा जोखिममा परेका हुन् । 

    जलेश्वरीस्थित मावाको बस्तीभन्दा तलबाट शुरु भएको पहिराले स्थानीय बासिन्दाको घर जोखिममा परेपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । 

    बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो शुरु हुँदा माथिल्लो क्षेत्रको बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरामाथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईका घर उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए ।

    पहिराले उक्त तीन घरसँगै स्थानीयवासी लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको जनाइएको छ । पहिरो नरोकिए उनीहरुको घरमाथि रहेका घरसमेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

    पहिराको कारण वि।सं। २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानीको मुहानसमेत सुकेको स्थानीय बासिन्दाले बताएका छन् । हाल पाखा लच्किँदै क्रमशः पहिराका रुपमा खस्ने क्रम जारी रहेको बताइएको छ । 

    बस्तीभन्दा माथिको पहिरो गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिए पनि नरोकिएको वडाध्यक्ष राईले बताउनुभयो । दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । 

    यस्तै पहिराका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूर्णरुपमा अवरुद्ध भएको छ । केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण उक्त सडकखण्ड अन्तर्गत वडा नम्बर ७ माक्पाको भदौरेमा पहिरो खस्दा यही असोज २ गतेदेखि यातायात अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०९:२७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend