काठमाडौं–अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ ।
कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मंगलबार ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित मंगलबार थप भएका छन् । केही दिनदेखि अमेरिकामा कोरोना संक्रमित र मृत्युदर पनि घट्दै गएकोमा मंगलबार १,१७४ जनाको निधन भएको थियो । सोमबार ४८०, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।
३३ करोड १० लाखभन्दा बढी जनसंख्या भएको अमेरिकाले अमरिकाले मंगलबार साँझसम्ममा नौ करोड ३६ लाख आठ हजार ८९२ जनाको कोरोनाको परीक्षण गरिसकेको छ । चीनपछि सबैभन्दा बढी अमेरिकाले कोरोनाको परीक्षण गरेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।