काठमाडौं– बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको हो।
यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको हो।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।
हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।