काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १२ सय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार एक सय २० पुगेको छ ।
त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा आठ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ३७ हजार पाँच सय २४ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ६० छ । त्यसमध्ये नौ हजार संस्थागतमा जना र होम आइसोलेसनमा जना रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमित भएका एक सय ६० जनाको आइसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । यो अवधिमा १० हजार एक सय ७६ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए ?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।