आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर ९८० जनामा कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

देशभर ९८० जनामा कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 4.3K
    SHARES

  • देशभर ९८० जनामा  कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

    काठमाडौँ-  नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

    हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    कहाँ कति थपिए ?

    डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, ओखलढुंगाका एकजना, झापाका २८ जना, ताप्लेजुङका एकजना, भोजपुरका एकजना, मोरङका २९ जना र संखुवासभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौतहटका ८ जना, सप्तरीका ११ जना, सर्लाहीका ५जना र सिरहका ६ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९० जना, काभ्रेका एकजना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १० जना, भक्तपुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलपरासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ११ जना, कपिलवस्तुका ४ जना, दाङका ३ जना, नवलपरासीका २ जना, पाल्पाका १९ जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्देहीका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुराका २ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend