काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् ।
ललितपुरको स्टार अस्पतालमा गरिएको नमूना परीक्षण रिपोर्ट नेटिभ आएको उपाध्यायले बताएकी छिन् । उनी २१ दिनमा निको भएकी हुन् ।
दीब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष समेत रहेकी उपाध्याय साउन २७ गतेदेखि नै होम आइसोलेसनमा बसेकी थिइन् ।
कांग्रेस नेतृ उपाध्यायलाई कोरोनाभाइरसको लक्षणहरू सामान्य मात्रै देखिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।