बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

तनावका बीच दक्षिण चीन सागरमा पीएलएको सैन्य अभ्यास

तनावका बीच दक्षिण चीन सागरमा पीएलएको सैन्य अभ्यास

  • एजेन्सी
  • शुक्रवार, भाद्र १९ २०७७

  • 9.7K
    SHARES

  • तनावका बीच दक्षिण चीन सागरमा पीएलएको सैन्य अभ्यास

    पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले दक्षिण चीनको गुआंग्दोङ प्रान्तस्थित दक्षिण चीन सागरमा अगस्त २४-२९ सैन्य अभ्यास गरेको छ ।  
     
    चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले आइतबार स्थानीय समुद्री सुरक्षा प्रशासनलाई उद्धृत उक्त सैन्य अभ्यास भएको जनाएको हो । 

    दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला यस क्षेत्रमा सैन्य अभ्यास गरेको हो । चीनले यो क्षेत्रलाई आफ्नो दाबी गरेको छ । जसका कारण भियतनाम र फिलिपिन्सलगायत धेरै देशहरुको सार्वभौमिकता संकटमा परेको छ । 

    यही महिनाको सुरुमा अमेरिकी स्वास्थ्य सचिव अलेक्स अजरको ताइवानको ऐतिहासिक भ्रमणको क्रममा चीनले लडाकु जेटहरू तैनाथ गरेको बताएका थिए । उनले उक्त लडाकु जेटहरु ताइवान सामुद्रिक क्षेत्र पार भएको साउथ चाइना मोर्निंग पोस्टले ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको थियो । 

    मन्त्रालयले पीएलए लडाकूहरूलाई ताइवानमा रहेका एन्टी-एयरक्राफ्ट मिसाइलहरू ट्र्याक गरेको थियो र उनीहरूलाई "कडाइका साथ बाहिर निकालेको" दाबी गरेको छ । 

    हालसालै, मलेसियाले बेइजिङको दक्षिण चीन सागरमा विशाल समुद्री दावीलाई पनि अस्वीकार गरेको छ। "मलेसियाले चीनको उनीहरूको पानीमाथि ऐतिहासिक अधिकार छ भन्‍ने दाबीको विरोध गर्दछ," मलेसियाका विदेश मन्त्री हिशममुद्दीन हुसेनले संसदमा भनेका थिए ।

    "मलेसियाली सरकारले पनि दक्षिण चीन सागरमा समुद्री सुविधाहरू सम्बन्धी चीनको दाबीलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको कुनै आधार नभएको मान्दछ," उनले थपे ।

    अमेरिकाले पनि चीनको चर्को विरोध गरेको छ । एसियाली देशविरूद्ध आक्रामकरुपमा प्रस्तुत भएको बेइजिङको दक्षिण चीन सागरमा गरेको दाबीलाई अमेरिकाले बदमासी भएको बताएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०८:५६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend